पानीजहाज कार्यालयको उद्घाटन गरियो

ललितपुर– सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको … Continue reading पानीजहाज कार्यालयको उद्घाटन गरियो